भुपेन्द्र हत्याकाण्डका मुख्य अभियुक्त रावलद्वारा आत्मसमर्पण
कैलाली | बैशाख २५, २०८०
टीकापुर: कैलालीको टीकापुरमा भएको भुपेन्द्र बडुवाल हत्या काण्डका मुख्य अभियुक्त भनिएका नवीन रावलले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन् ।
लम्कीचुहा नगरपालिका–३ चिसापानीका २९ वर्षीय रावलले आइतबार अदालतसमक्ष आत्मसमर्पण गरेकाे इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी उद्धवसिंह भाटले जानकारी दिए ।
डीएसपी भाटका अनुसार २३ कात्तिक २०७८ मा लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय बडुवालको धारिलो हतियार प्रयोग गरी टीकापुरमा हत्या भएकाे थियाे ।
घटनामा संलग्नता रहेको भन्दै जिल्ला अदालतमा प्रहरीले २१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
हालसम्म घटनामा रावलसहित १६ जना कानुनी कारबाहीको दायरामा आएका छन् भने पाँच जना अझै फरार छन् ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

